onlineakhabar.com

onlineakhabar.com

Loading…

Loading…

माघ ८, २०७४   |   ९७ पटक हेरिएकोसमाचार

नेपालकै एउटा यस्तो गाउँ : जहाँ सधैँ सबै घरमा बिरामी छन्

कालिकोट / दुई सातादेखि फैलिएको भाइरल ज्वरोले महामारीको रूप लिएपछि आइतबार बिरामीबाट संकलित नमुना परीक्षणका लागि काठमाडौं पठाइएको छ । महामारी फैलिएको खाडाचक्र ४ ताडी घटाली गाउँसहितका टोलबाट ४ बालबालिका र २ वयस्क गरी ६ बिरामीको घाँटीको पानी संकलन गरी काठमाडौं पठाइएको हो । खाडाचक्र २ र ४ वडामा शनिबार परीक्षण गर्दा ८ सय १४ बिरामी फेला परेका थिए । तीमध्ये गम्भीर अवस्थामा रहेका ६ जनाबाट नमुना संकलन गरी काठमाडौं पठाइएको जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलीले बताए । ‘महामारीले चर्को रूप लिएको बस्तीका ६ जनाको स्याम्पल पठाएका हौं,’ अलीले भने, ‘गाडीमार्फत सुर्खेत पठाएका छौं, त्यहाँबाट विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले...बिस्तृत

माघ ४, २०७४   |   १११ पटक हेरिएकोसमाचार

बैंककबाट फर्केपछि ओलीले भने– राजधानीमा अल्झेर आन्दोलन नगरौं

पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका छन्। स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले सरकारले नियुक्त गरेका प्रदेश प्रमुख र अस्थायी मुकामबारे नयाँ सरकारले नयाँ किसिमले निर्णय लिने बताए। ‘ढिलो गरी सरकारले आफ्नो काम गरेको छ, प्रदेश प्रमुखबारे धेरै कुरा थाहा पाएका छैनौं, नयाँ सरकारले अनुकुलता र आवश्यकता हेरेर निर्णय लिन्छ,’ ओलीले भने, ‘प्रदेश राजधानीका विषयमा पनि अहिले अल्झनु आवश्यक छैन। प्रदेश सभाले परिवर्तन गर्न सक्ने यो विषयमा अहिले नै आन्दोलन गर्नु हुँदैन।’ सरकारले ढिलै भएपनि अस्थायी मुकाम तोकेर अप्ठ्यारो फुकाएको भन्दै एमाले अध्यक्ष ओली प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई भएको...बिस्तृत

माघ २, २०७४   |   १११ पटक हेरिएकोसमाचार

सनीको लियोनको अर्को वेबसाईट लन्च

एजेन्सी । पोर्नस्टार सनीको लियोनले हालै आफ्नो नयाँ वेबसाईट लन्च गरेकी छिन् । एडल्ट फिल्म हुँदै बलिउडमा प्रवेश गरेकी सनीले आफ्ना फ्यानका लागि उक्त वेबसाईट लन्च गरेकी हुन्, जहाँ उनको बारेमा जानकारी लिन सकिन्छ । सनीले उक्त वेबसाईटमा आफ्ना तस्वीर, भिडियो र उनको पहिलो बलिउड फिल्म जिस्म–२ का गीतको भिडियोहरु समेत राखेकी छिन् । यसअघि पनि आफ्नो वेबसाईट भएकी सनीले यस नयाँ वेबसाइटमा भने बलिउड प्रवेशपछिको तस्वीर र भिडियोहरुलाई प्राथमिकता दिएको देखिन्छ । जिस्म–२ बाट सनसनी मच्चाएकी सनीले आफ्नो ट्वीटरमा नयाँ वेबसाईट लन्च गरेको जनाएकी हुन् । सनी केहीपछि बलिउडको उनको दोस्रो फिल्म रागिनी एमएमएस–२ मार्फत पर्दामा देखिदै छिन् ।...बिस्तृत

Load More
लोड हुँदै







फागुन महिनाको उत्कृष्ट १०